Tmro Najar

तिम्रो नजर भुलाउन
मुस्कुराएकी हैन
हो तिम्रो नजर भुलाउन
मुस्कुराएकी हैन

घुम्टो मात्रै तानिकी हु
ओठ मात्रै टोकेकी हु
लजाएकी म हैन
लजाएकी म हैन
तिम्रो नजर भुलाउन
मुस्कुराएकी हैन

तिमीले भन्छौ लाजकी पोको
यो त मेरो गहना हो
हो, तिम्रो मनमा बास बस्ने
खाली एउटा बाहाना हो
तिमीले भन्छौ लाजकी पोको
यो त मेरो गहना हो
तिम्रो मनमा बास बस्ने
खाली एउटा बाहाना हो

तिम्रो छेउ सरमाएर
नआएकी म हैन
अलि पर पुगेपछि
फर्की फर्की तिमीलाई
नहेरीकी नि हैन
नहेरीकी नि हैन
तिम्रो नजर भुलाउन
मुस्कुराएकी हैन

के के कुरा भनु भनी
मन मनै गुनेकी छु
हो, प्यारो मान्छेलाई
सबै कुरा भन्नु भन्ने सुनेकी छु
के के कुरा भनु भनी
मन मनै गुनेकी छु
प्यारो मान्छेलाई
सबै कुरा भन्नु भन्ने सुनेकी छु

तिमी संगै जिन्दगीका
सारा सपना बुनेकी छु
हजारौमा छानेकी छु
मनको देउता मानिकी छु
त्यो तिमी हौ अरु हैन
त्यो तिमी हौ अरु हैन

तिम्रो नजर भुलाउन
मुस्कुराएकी हैन
घुम्टो मात्रै तानिकी हु
ओठ मात्रै टोकेकी हु
लजाएकी म हैन
लजाएकी म हैन



Credits
Lyrics powered by www.musixmatch.com

Link