‎Himal Sari

हिमाल सरि म अग्लि रहेछु
समात, समात, समात मलाई
बादल सरि म पग्लि रहेछु

सम्हाल, सम्हाल, सम्हाल मलाई

हिमाल सरि म अग्लि रहेछु
समात, समात, समात मलाई
बादल सरि म पग्लि रहेछु
सम्हाल, सम्हाल, सम्हाल, मलाई

यि तारा कति छन् म गन्न सकुँला
यि तारा कति छन् म गन्न सकुँला
तर तिम्रो माया कति छ नसोध
जहाँ बरले पिपल अङ्गालेर बस्छ
जहाँ बरले पिपल अङ्गालेर बस्छ
तिम्रो मेरो साइनो त्यतै तिर खोज, त्यतै तिर सोध

दुलही सरि म रंगिरहेछु
उचाल, उचाल, उचाल मलाई
बादल सरि म पग्लि रहेछु
सम्हाल, सम्हाल, सम्हाल मलाई

म खोली बनेर सुस्तरी आँउला
म खोली बनेर सुस्तरी आँउला
तिम्रो सागरमा केही ठाउँ देउ
तिम्रो सारा तृष्णा मै मेटिदिउँला
तिम्रो सारा तृष्णा मै मेटिदिउँला
मलाई तिमी मै समेटिन देउ, समेटिन देउ

आकाश सरि म फैलिरहेछु
अंगाल, अंगाल, अंगाल मलाई
बादल सरि म पग्लि रहेछु
सम्हाल, सम्हाल, सम्हाल मलाई

हिमाल सरि म अग्लि रहेछु
समात, समात, समात मलाई
बादल सरि म पग्लि रहेछु
सम्हाल, सम्हाल, सम्हाल मलाई
सम्हाल, सम्हाल, सम्हाल मलाई
सम्हाल, सम्हाल, सम्हाल मलाई



Credits
Lyrics powered by www.musixmatch.com

Link