Jaslai Dherai Maya Garthe

तिम्ले साथ छोड्यौ, अन्तै नाता जोड्यौ, म हाँसूँ कसरी?
चोखो माया गर्दा तिमी टाढा भयौ, म बाँचूँ कसरी?

जसलाई धेरै माया गरेथेँ उसैले रुवायो मलाई
हो, जसलाई धेरै माया गरेथेँ उसैले रुवायो मलाई
मैलेभन्दा धेरै माया गऱ्यो होला उसले तिमीलाई
गऱ्यो होला उसले तिमीलाई

तिम्ले साथ छोड्यौ, अन्तै नाता जोड्यौ, म हाँसूँ कसरी?
चोखो माया गर्दा तिमी टाढा भयौ, म बाँचूँ कसरी?

आफ्नो भनूँ कसलाई यहाँ पराई तिमी भएपछि?
यति माया गर्दा पनि तिम्ले छोडी गएपछि

दिन्छु तिमीलाई भन्दिन म आकाशका तारा नि
संसारका खुशी दिन्थेँ होला भएका सारा नि
दिन्छु तिमीलाई भन्दिन म आकाशका तारा नि
संसारका खुशी दिन्थेँ होला भएका सारा नि

मेरो मुटु, मेरो धड्कन, मेरो सारा खुशी नै थियौ
नाता तोडी एक्लो पारी मलाई छोडी कहाँ गयौ?
म माया गरिरहन्छु तिमी टाढा भए पनि
I love you, I love you, love you
I love you, I love you, love you

तिम्ले साथ छोड्यौ, अन्तै नाता जोड्यौ, म हाँसूँ कसरी?
चोखो माया गर्दा तिमी टाढा भयौ, म बाँचूँ कसरी?

डाली बसी नगाऊ, कोइली, विरह भाका नि
उनलाई सम्झी न्याउलीसँगै रुन्छन् यी आँखा नि
डाली बसी नगाऊ, कोइली, विरह भाका नि
उनलाई सम्झी न्याउलीसँगै रुन्छन् यी आँखा नि

म त सन्चै छु यहाँ, तिम्रो के छ खबर?
तिम्रो बोली सुन्न मन लाछ, सम्झी फोन गर
यी आँखामा छौ तिमी, यो मुटुमा छौ तिमी
तिमी नै हौ यो जीवनमा मलाई धेरै खुशी दिने
"मलाई तिम्रो बन्ने चाह, तिम्लाई मेरो बन्ने मन छ
नछुटोस् है हाम्रो माया," यो मनले यस्तै भन्छ

म त सन्चै छु यहाँ, तिम्रो के छ खबर?
तिम्रो बोली सुन्न मन लाछ, सम्झी फोन गर



Credits
Writer(s): Santosh K.c
Lyrics powered by www.musixmatch.com

Link