Juneli Raatma

तिमी नै सम्झिरहन्छु चन्द्रमा लागेको यो जुनेली रातमा
भावना कस्तो हो यो, सम्हालेर सम्हालिन्नन् आजको साँझमा?
आँसु बनेर बग्छन् माया यो तिम्रो लागि नहुँदा तिमी यहाँ
निदाउँथेँ पक्कै होला पल्टिन पाए केवल न्यानो त्यो काखमा

बुझाउनु कसरी? छौ तिमी टाढा
माया कस्तो हो यो? टाढा हुँदा झन् गाढा

दिनहरू लामो लाग्छन्, फेरी कोल्टे रात बित्छन्, निन्दरीमा तिम्रै सपना
दिनहरू लामो लाग्छन्, फेरी कोल्टे रात बित्छन्, निन्दरीमा तिम्रै सपना
साँझैको बेलामा झन् डुबेको घामसँगै डुब्छु म तिम्रो यादमा
तिमी आउने बाटो हेरी थाकेछन् आँखा मेरा, hmm

बुझाउनु कसरी? छौ तिमी टाढा
माया कस्तो हो यो? टाढा हुँदा झन् गाढा



Credits
Writer(s): Suman Thapa
Lyrics powered by www.musixmatch.com

Link