Dashain Aayo

दशैँ आयो, दशैँ आयो, दशैँ आयो

दशैँको बेला रमाइलो दिन, घाम लाग्यो झलल
तराई फाँट धान है पाक्यो सुन झैँ टलल

दशैँ आयो खुशी लिएर, सरर पिङ खेलौँ, साथी
बडाको हात शिरमा आज, आशीर्वाद थाप्यौ के, साथी?

आफन्तजन भेट हुन्छन्, आपसी माया बाँड्छन्
वर्षदिनको सबै कष्ट आफन्तजन हेरी मेट्छन्
दशैँ आयो खुसी लिएर

परदेशीहरू फर्किन्छन् घर रातो टीका, जमरा लिन
हो, परदेशीहरू फर्किन्छन् घर रातो टीका, जमरा लिन
विदेशको चिनो सबैलाई बाँड्छन् आज यो खुशीको दिन, आज यो खुशीको दिन

खुशीको क्षण मनाऔँ न आज साथीभाइ खेतमा खेली
हो, खुशीको क्षण मनाऔँ न आज साथीभाइ खेतमा खेली
वर्षदिनको काटौँला दुःख दशैँको दिनमा हाँसी, खेली, दशैँको दिनमा हाँसी, खेली
दशैँ आयो खुसी लिएर

उडाऔँ सँगी खुशीको चङ्गा आकाशभन्दा धेरै माथि
हो-हो, उडाऔँ सँगी खुशीको चङ्गा आकाशभन्दा धेरै माथि
खुशी सीमा रहेन आज, उफ्रीउफ्री नाचौँ न, साथी, उफ्रीउफ्री नाचौँ न, साथी

राम्रो खाऔँला, राम्रै लाऔँला, वर्षौँदिनको रहर मेटौँला
राम्रो खाऔँला, राम्रै लाऔँला, वर्षौँदिनको रहर मेटौँला
नमरी बाँचे, दैवले साँचे, अर्को साल फेरि भेटौँला, अर्को साल फेरि भेटौँला

दशैँ आयो खुशी लिएर, सरर पिङ खेलौँ, साथी
बडाको हात शिरमा आज, आशीर्वाद थाप्यौ के, साथी?
दशैँ आयो खुसी लिएर



Credits
Writer(s): Bikash Chaudhari, Govinda Gautam
Lyrics powered by www.musixmatch.com

Link