Relko Bato

रेलको बाटो पुग्दै छ रे (पुग्दै छ रे, पुग्दै छ रे)
रेलको बाटो पुग्दै छ रे तिमी बस्ने सहरैमा
हुम्ला कहिले motor आउला?
हुम्ला कहिले motor आउला? बस्याकी छु रहरैमा
ए हजुर, बस्याकी छु हेर्ने रहरैमा

Cetamol को अभावमा मर्नुपर्ने कोही
चोट लागे, भोक लागे पनि बस्नुपर्ने रोई, हजुर
तुइन चढी school जान्छन् नानीबाबु गाउँमा
कालो बाटो, चिल्ला गाडी होलान् तिम्रा ठाउँमा, हजुर

रेलैको बाटो पुग्दै छ रे तिमी बस्ने सहरैमा
हुम्ला कहिले motor आउला?
हुम्ला कहिले motor आउला? बस्याकी छु रहरैमा
ए हजुर, बस्याकी छु हेर्ने रहरैमा

खच्चर मेरा गाडी, motor सँगै हिँड्ने भिरमा
नुनको भारी पिठिउँमा, नाम्लो मेरो शिरमा, हजुर
दाउराघाँस खाली खुट्टा, छैनन् चप्पल, जुत्ता
रातो carpet ओछ्याउँछन् रे तिमीले टेक्दा उता, हजुर

रेलको बाटो पुग्दै छ रे तिमी बस्ने सहरैमा
हुम्ला कहिले motor आउला?
हुम्ला कहिले motor आउला? बस्याकी छु रहरैमा
ए हजुर, बस्याकी छु हेर्ने रहरैमा



Credits
Writer(s): Lekhraj Giri, Suraj Pandit
Lyrics powered by www.musixmatch.com

Link