Kahile Hunchhu Jasanga

कहिले हुन्छु झसङ्ग-झसङ्ग
कहिले पर्छु दङ्ग-दङ्ग

कहिले हुन्छु झसङ्ग-झसङ्ग
कहिले पर्छु दङ्ग-दङ्ग
मात्तियो कि आत्तियो यो मन?
लौ न! मैले सोध्ने हो कोसँग, कोसँग?

पछ्यौरीमा लाग्यो, लाग्यो रङ्ग मायाको
पछ्यौरीमा लाग्यो, लाग्यो रङ्ग
पछ्यौरीमा लाग्यो, लाग्यो रङ्ग मायाको
पछ्यौरीमा लाग्यो, लाग्यो रङ्ग

धेरै हेरेँ धेरै बेली झुलेको
आजै मात्र देखेँ आफै फुलेको

ओ, धेरै हेरेँ धेरै बेली झुलेको
आजै मात्र देखेँ आफै फुलेको
किन भन्थेँ जहिल्यै रङ्ग फेरेको
बल्ल बुझेँ भमराले हेरेको

लाली चढ्न बैँसले पुग्दैन
चाहिँदो रैछ प्रीतिको उमङ्ग, उमङ्ग

पछ्यौरीमा लाग्यो, लाग्यो रङ्ग मायाको
पछ्यौरीमा लाग्यो, लाग्यो रङ्ग
पछ्यौरीमा लाग्यो, लाग्यो रङ्ग मायाको
पछ्यौरीमा लाग्यो, लाग्यो रङ्ग

अलिकति भएछ कि पराई?
ओठमा आउँछ खुसी डराईडराई

ओ, अलिकति भएछ कि पराई?
ओठमा आउँछ खुसी डराईडराई
पाएँ मैले यो के आज जीवनमा
मख्ख पर्नुपर्ने आफै हराई?

चखेवाले चलायो तलाउ
हृदयमा उठाई तरङ्ग, तरङ्ग

पछ्यौरीमा लाग्यो, लाग्यो रङ्ग मायाको
पछ्यौरीमा लाग्यो, लाग्यो रङ्ग
ओ, पछ्यौरीमा लाग्यो, लाग्यो रङ्ग मायाको
पछ्यौरीमा लाग्यो, लाग्यो रङ्ग

कहिले हुन्छु झसङ्ग-झसङ्ग
कहिले पर्छु दङ्ग-दङ्ग
मात्तियो कि आत्तियो यो मन?
लौ न! मैले सोध्ने हो कोसँग, कोसँग?

पछ्यौरीमा लाग्यो, लाग्यो रङ्ग मायाको
पछ्यौरीमा लाग्यो, लाग्यो रङ्ग
पछ्यौरीमा लाग्यो, लाग्यो रङ्ग मायाको
पछ्यौरीमा लाग्यो, लाग्यो रङ्ग



Credits
Writer(s): Suresh Adikari
Lyrics powered by www.musixmatch.com

Link