Sukha ko Anubhuti Bho

सुखको अनुभूति भो, मनमा उमङ्ग छायो
सुखको अनुभूति भो, मनमा उमङ्ग छायो
आशाको किरण जाग्यो, आशाको किरण जाग्यो
जहीँतहीँ रमाइलो लाग्यो

सुखको अनुभूति भो, मनमा उमङ्ग छायो
हो, सुखको अनुभूति भो, मनमा उमङ्ग छायो

हात समाई उडेर जूनमा ताराहरु गनौँला
मनभित्र पिरतीको बारीमा रङ्गीन फूल रोपौँला
ओ, प्रेमको माला उमेर एक-आपसमै हराउँला
मनमा दियो बालेर उज्यालो सपना सजाउँला

सुखको अनुभूति भो, मनमा उमङ्ग छायो
हो, सुखको अनुभूति भो, मनमा उमङ्ग छायो

हाम्रो सानो यो संसारमा खुसी नै छाउँछ होला
बिस्तारैबिस्तारै नयाँ सूर्य धर्तीमा चियाउँछ होला
Hmm, विश्वासको डोरीले जीवनरथ तानौँला
हाँसी र खुसी यो जुनी दुवै मिलेर काटौँला

सुखको अनुभूति भो, मनमा उमङ्ग छायो
सुखको अनुभूति भो, मनमा उमङ्ग छायो
आशाको किरण जाग्यो, आशाको किरण जाग्यो
जहीँतहीँ रमाइलो लाग्यो



Credits
Writer(s): Joogle Dangol
Lyrics powered by www.musixmatch.com

Link