Mero Bhok Harayo

मेरो भोक हरायो
मेरो प्यास हरायो
तिम्रो पिरतीले यो के गरायो?

मेरो मन उडायो
मेरो याद जगायो
तिम्रो पिरतीले यो के गरायो?

सृष्टिभरि म तिमीलाई रोज्छु
दृष्टिभरि म तिमीलाई खोज्छु
सृष्टिभरि म तिमीलाई रोज्छु
दृष्टिभरि म तिमीलाई खोज्छु

नभेटेसम्म उदासी उदासी
भेटेपछि म नछोडुँ भन्छु

मेरो खोज हरायो
मेरो सोच हरायो
तिम्रो पिरतीले यो के गरायो?

मेरो पिर हरायो
मेरो शिर झुकायो
तिम्रो पिरतीले यो के गरायो?

मेरो मुटुको हकदार हौ तिमी
मेरो खुसीको सब सार हौ तिमी
मेरो मुटुको हकदार हौ तिमी
मेरो खुसीको सब सार हौ तिमी

छातीमा निदाउँ भन्छु म तिम्रो
मेरो त धर्ती, आकाश हौ तिमी

मेरो ओठ लजायो
मेरो तन रुझायो
तिम्रो पिरतीले यो के गरायो?

मेरो होस हरायो
मेरो मोड हरायो
तिम्रो पिरतीले यो के गरायो?



Credits
Writer(s): Shambhujeet Baskota
Lyrics powered by www.musixmatch.com

Link