Mann Ka Kura

मनका कुरा हुबहु कसरी सुनाऊँ?
शब्दहरू दुरुस्तै भेटिएकै छैन
माया मेरो यस्तो छ, कसरी बुझाऊँ?
उदाहरण त्यस्तो केही देखिएकै छैन

तर पनि भन्छु म जानेको जति
माया छ तिमीलाई कति हो कति
तर पनि भन्छु म जानेको जति
माया छ तिमीलाई कति हो कति

कहाँदेखि सुरु भयो? केही याद छैन
तर आजकाल बिर्सिएको दिनरात छैन
कहाँदेखि सुरु भयो? केही याद छैन
तर आजकाल बिर्सिएको दिनरात छैन

जे गर्दा नि तिमीलाई सम्झिएको हुन्छु
तिम्रो झल्को पाउनलाई पर्खिएको हुन्छु

मनका कुरा हुबहु कसरी सुनाऊँ?
शब्दहरू दुरुस्तै भेटिएकै छैन
माया मेरो यस्तो छ, कसरी बुझाऊँ?
उदाहरण त्यस्तो केही देखिएकै छैन

मिलाएर बोल्नलाई नजान्नेमा पर्छु
यी शब्दमा बोलेभन्दा धेरै माया गर्छु
मिलाएर बोल्नलाई नजान्नेमा पर्छु
यी शब्दमा बोलेभन्दा धेरै माया गर्छु

बाँकी कुरा तिमीले नि बुझी हेर न
माया मेरो कस्तो होला? सोची हेर न

मनका कुरा हुबहु कसरी सुनाऊँ?
शब्दहरू दुरुस्तै भेटिएकै छैन



Credits
Writer(s): Kalyan Singh, Rabi Malla
Lyrics powered by www.musixmatch.com

Link