Timi Sanga (feat. Melina Rai) [2022 Remastered Version]

हरेक दिन मायामा पर्न मन छ तिमीसँग
हरेक पल मायामै रम्न मन छ तिमीसँग
चाहे जस्तोसुकै आइपरोस् बाधा र अड्चन
पाएको एउटै जीवन कटाउन मन छ तिमीसँग

दुई कदम हिँडूँ लाग्यो तिमीसँग
मनको व्यथा साटूँ लाग्यो तिमीसँग
जस्तो बाधा आइपरे पनि तिमीसँगै हुने मन छ
आँधीहुरी आए पनि तिम्रो साथ रहन मन छ
दुई कदम हिँडूँ लाग्यो तिमीसँग

आखिर के नै छ र यो जिन्दगी?
बाँचुन्जेली, बस, तिम्रो साथ भए पुग्छ
एकातिर छ यो दुनियाँ
अर्कोतिर, बस, तिम्रो हात भए पुग्छ, तिम्रो साथ भए पुग्छ

कतै टाढा जाऊँ लाग्यो तिमीसँग
कहीँकतै हराऊँ लाग्यो तिमीसँग
जस्तै दुःख आइपरे पनि तिमीसँगै रुने मन छ
मायाको त्यो आकाशमा तिमीसँगै उड्ने मन छ
दुई कदम हिँडूँ लाग्यो तिमीसँग

ला-ला-ला, ला-ला-ला-ला-ला
ला-ला-ला, ला-ला, ला-ला-ला
ला-ला-ला, ला-ला-ला-ला-ला
ला-ला-ला, ला-ला, ला-ला-ला



Credits
Writer(s): Melina Rai, Sanjeev Baraili
Lyrics powered by www.musixmatch.com

Link