Rune Bani

तिमीलाई सम्झी एक्लै बसी रुने मेरो बानी भाछ

तिमीलाई सम्झी एक्लै बसी रुने मेरो बानी भाछ
आँसुको त कुरै छोड, बर्खा यामको पानी भाछ
बिनागल्ती दोषि बनायौ, मेरो दुःखमा खुसी मनायौ

तिमीलाई सम्झी एक्लै बसी रुने मेरो बानी भाछ
आँसुको त कुरै छोड, बर्खा यामको पानी भाछ

धेरै कोसिस गरेँ भुल्न तिमीलाई, तर पनि भुल्नै सकिएन

हो, धेरै कोसिस गरेँ भुल्न तिमीलाई, तर पनि भुल्नै सकिएन
तिम्रो माया पाउनु, तिम्रो साथ पाउनु सायद मेरो भाग्यमा नै थिएन
मेरो यो ओठको हाँसो खोसियो, उही टाढा भयो, जाे आफ्नो थियो

तिमीलाई सम्झी एक्लै बसी रुने मेरो बानी भाछ
आँसुको त कुरै छोड, बर्खा यामको पानी भाछ

सधैँ मेरो मनमा हुने छौ तिमी मलाई एक्लै पारी गए पनि

हो, सधैँ मेरो मनमा हुने छौ तिमी मलाई एक्लै पारी गए पनि
तिमीलाई रुन कहिल्यै नपरोस् मलाई रुवाई गए पनि
मायामा घात भएपछि, बिपनी रात भएपछि

तिमीलाई सम्झी एक्लै बसी रुने मेरो बानी भाछ
आँसुको त कुरै छोड, बर्खा यामको पानी भाछ



Credits
Lyrics powered by www.musixmatch.com

Link