Gurans Phulne (feat. Ramchandra Kafle & Abha Mukarung)

ओ, किन लाहुरे आएन गाउँ फर्की?
ओ, किन लाहुरे आएन गाउँ फर्की?

गुराँस फुल्ने लेकैमा, माया बस्ने, हो, देशैमा
गुराँस फुल्ने लेकैमा, माया बस्ने, हो, देशैमा
चिट्ठी लेख्दै छु म मायाकै नाउँमा
फर्की आउँदै छु है भनी गाउँघरमा
आफ्नै देशमा, लाहुरेको भेषैमा
आफ्नै देशमा, लाहुरेको भेषैमा
गुराँस फुल्ने लेकैमा, माया बस्ने, हो, देशैमा
हो, माया बस्ने, हो, देशैमा

आएन, लाहुरे आएन

घरमा आउँछु भन्दाभन्दै पल्टनै सऱ्यो नि
ओ, घरमा आउँछु भन्दाभन्दै पल्टनै सऱ्यो नि
अब भेट होला भन्ने आस पनि मऱ्यो नि
वरिपरि बमका गोला असिनाझैँ बर्सने
धुवैँधुवाँ शिरमाथि, मन त्यसै तर्सने

माया लाग्छ बाउआमाको, याद आउँछ गाउँघरको
याद आउँछ, हो, गाउँघरको

ए परदेशी
तिमी आऊ छिट्टै, तिमी आऊ छिट्टै
तिमी आऊ छिट्टै, तिमी आऊ छिट्टै

गाउँका साथी तीज, दशैँ, तिहारमा रमाउँदै
हो, गाउँका साथी तीज, दशैँ, तिहारमा रमाउँदै
म त हिन्छु परदेशमा बमगोला समाउँदै
हिजोआज सपनीमा मायालुलाई देख्दै छु
"मेरो चिन्ता नलिऊ, प्रिय" चिट्ठीमा लेख्दै छु

गुराँस फुल्ने लेकैमा, माया बस्ने, हो, देशैमा
गुराँस फुल्ने लेकैमा, माया बस्ने, हो, देशैमा
चिट्ठी लेख्दै छु म मायाकै नाउँमा
फर्की आउँदै छु है भनी गाउँघरमा
आफ्नै देशमा, लाहुरेको भेषैमा
आफ्नै देशमा, लाहुरेको भेषैमा
गुराँस फुल्ने लेकैमा, माया बस्ने, हो, देशैमा
ओ, माया बस्ने देशैमा



Credits
Writer(s): Arjun Kaushal, Arjun Lohgun Kaushal
Lyrics powered by www.musixmatch.com

Link