Andheri Jastai

अँधेरीजस्तै जूनबिनाको, पँधेरीजस्तै पानीबिनाको
हो, अँधेरीजस्तै जूनबिनाको, पँधेरीजस्तै पानीबिनाको
तिमी नभए मेरो जिन्दगानी
तिमी नभए मेरो जिन्दगानी आँखाजस्तै नानीबिनाको
आँखाजस्तै नानीबिनाको
अँधेरीजस्तै जूनबिनाको, पँधेरीजस्तै पानीबिनाको

फूल झरेको डाली हुन्छु, पखेटा काटेको चरी हुन्छु
हो, फूल झरेको डाली हुन्छु, पखेटा काटेको चरी हुन्छु
एकैछिन तिमी टाढा भए
एकैछिन तिमी टाढा भए बगरको माछीसरि हुन्छु
बगरको माछीसरि हुन्छु

बाँसुरीजस्तै धुनबिनाको, सारङ्गीजस्तै तारबिनाको
तिमी नभए मेरो जिन्दगानी
तिमी नभए मेरो जिन्दगानी खुकुरीजस्तै धारबिनाको
खुकुरीजस्तै धारबिनाको
अँधेरीजस्तै जूनबिनाको, पँधेरीजस्तै पानीबिनाको

चङ्गा चुँडेको चाल हुन्छ, डुङ्गा डुबेको हाल हुन्छ
हो, चङ्गा चुँडेको चाल हुन्छ, डुङ्गा डुबेको हाल हुन्छ
तिम्रो बारेमा नराम्रो सुन्दा
तिम्रो बारेमा नराम्रो सुन्दा आँखामा आँसुको ताल हुन्छ
आँखामा आँसुको ताल हुन्छ

मादलुजस्तै खरीबिनाको, वरजस्तै पीपलबिनाको
तिमी नभए मेरो जिन्दगानी
तिमी नभए मेरो जिन्दगानी चौतारीजस्तै शीतलबिनाको
चौतारीजस्तै शीतलबिनाको
अँधेरीजस्तै जूनबिनाको, पँधेरीजस्तै पानीबिनाको



Credits
Lyrics powered by www.musixmatch.com

Link