Ma Timro

आकाशैमा नौलाखे तारा
तारालाई ढाक्ने कालो त्यो बादल
बादल छिचोली आउनेछु म त
लिन तिमीलाई मेरो यो साथ

आऊ न मसँग उडेर हेर
आऊ न मसँग उडेर हेर जूनैको नजिक
दिनेछु तिमीलाई अजम्बरी माया आँखैमा राखेर
सजाउनेछु मेरो मुटुको माझ अँगालो खोलेर
तिमी थामिदेऊ हात, नछोड साथ
बोलिदेऊ मायाका दुई मीठा बात

आऊ न आऊ मसँग गाऊ
आँखा उघारी हेर मलाई
तिम्रो नजिकै छु नि, मुटुमै राख
अँगाल मलाई, तिम्रै म हुँ नि

म तिम्रो हुँ
छु नि म तिम्रो, ooh, ooh

Mm, आधी-निदाएका आँखाले तिम्रो निन्द्रमा हेरेर
सुनिरहन्छाै गीत यो मेरो मुसुक्क हाँसेर
परेली तिम्रो झिमझिम गर्छौ
हातले मेरो औँला समाउँछाै

नजिकै आऊ, मलाई समाऊ
चिसो छ मुटु, न्यानो बनाई
तिम्रो साथैमै राख, जान नदेऊ
सम्हाल मलाई तिम्रै म हुँ नि

म तिम्रो हुँ
छु नि म तिम्रो, ooh, ooh

रात यो कटेर जाला
साथ यो छुटेर जाला
हात त्यो दिनेछौ सधैँ
आशा बोकी हिँडिरहनेछु सधैँलाई

आकाशैमा नौलाखे तारा



Credits
Writer(s): Firoj Bajracharya, Suman Thapa, Swoopna Suman
Lyrics powered by www.musixmatch.com

Link