Gaucha Geet Nepali

गाउँछ गीत नेपाली, ज्योतिको पङ्ख उचाली
गाउँछ गीत नेपाली, ज्योतिको पङ्ख उचाली
जय, जय, जय नेपाल
सुन्दर, शान्त, विशाल, सुन्दर, शान्त, विशाल
गाउँछ गीत नेपाली, ज्योतिको पङ्ख उचाली
गाउँछ गीत नेपाली, ज्योतिको पङ्ख उचाली
जय, जय, जय नेपाल
सुन्दर, शान्त, विशाल, सुन्दर, शान्त, विशाल

गण्डकी, कोसी, कर्णाली, मेची र महाकाली
लेक र बेँसी ब्युँझाउँछन् लहर लाखौँ उचाली
हिमालचुली बोलाउँछ पहिलो झुल्का निकाली
सगरमाथा शिखरमा पुग्दछ पहिले नेपाली

सीताले सारा भिजाइन् दक्षिण लङ्का, भारत
भृकुटी तारा उदाइन् उत्तर चीन, तिब्बत
बुद्धले यहीँ पाएथे, ज्ञानको पहिलो मुहान
शिवले यहीँ ल्याएथे सृष्टिको पहिलो बिहान

गाउँछ गीत नेपाली, ज्योतिको पङ्ख उचाली
गाउँछ गीत नेपाली, ज्योतिको पङ्ख उचाली
जय, जय, जय नेपाल
सुन्दर, शान्त, विशाल, सुन्दर, शान्त, विशाल

पश्चिम किल्ला काँगडा, पूर्वमा टिस्टा पुगेथ्यौँ
कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौँ?
हामीले हिमाल उठायौँ एसियाको माझमा
सभ्यता बास बसेथ्यो आएर यहीँ साँझमा

यै नेपाली माटोमा दिलको फूल रोपेर
यही पहाडी शिलामा प्रीतिको गीत खोपेर
बाँचौँला हामी नेपालमा चन्द्र र सूर्य ध्वजा ली
नाचौँला हामी हिमालमा ज्योतिको पख उचाली

गाउँछ गीत नेपाली, ज्योतिको पङ्ख उचाली
गाउँछ गीत नेपाली, ज्योतिको पङ्ख उचाली
जय, जय, जय नेपाल
सुन्दर, शान्त, विशाल, सुन्दर, शान्त, विशाल

गाउँछ गीत नेपाली, ज्योतिको पङ्ख उचाली
गाउँछ गीत नेपाली, ज्योतिको पङ्ख उचाली
जय, जय, जय नेपाल
सुन्दर, शान्त, विशाल, सुन्दर, शान्त, विशाल
सुन्दर, शान्त, विशाल, सुन्दर, शान्त, विशाल
सुन्दर, शान्त, विशाल



Credits
Lyrics powered by www.musixmatch.com

Link