Naman Laaja Yastari

लाज पनि नलागेको
अब केको लाज?
Mmm-hm, नाइँ, नाइँ

नमान लाज यस्तरी कि झुम्छ जिन्दगी मेरो
कि झुम्छ जिन्दगी मेरो
नआऊ सामु यस्तरी कि अड्छ ढुकढुकी मेरो
कि अड्छ ढुकढुकी मेरो
नआऊ सामु यस्तरी...

त्यो घुम्टो म उचालूँ कि? मुहार त्यो नियालूँ कि?
भुलेर आफूलाई नै हजुरमै हराऊँ कि?
हजुरमै हराऊँ कि?

नमान लाज यस्तरी कि अड्छ ढुकढुकी मेरो
नआऊ सामु यस्तरी...

यो बैँसमा बतासिँदै, नआऊ न अतासिँदै
के थाहा भोलि कल्पिई रुनु छ कि निसासिँदै?
रुनु छ कि निसासिँदै?

नआऊ सामु यस्तरी कि झुम्छ जिन्दगी मेरो
नमान लाज यस्तरी...

यताउता नशा छरौँ, मीठा-मीठा कुरा गरौँ
कि हामी एकअर्काको नगिचमै जिऔँ-मरौँ
नगिचमै जिऔँ-मरौँ

नमान लाज यस्तरी कि अड्छ ढुकढुकी मेरो
नआऊ सामु यस्तरी...

जतन गरेको दिल मेरो, नटिप है यो फूल मेरो
म प्रेममा डराउँछु, हुने हो कि यो भूल मेरो?
हुने हो कि यो भूल मेरो?

नआऊ सामु यस्तरी कि झुम्छ जिन्दगी मेरो
कि अड्छ ढुकढुकी मेरो

कि झुम्छ जिन्दगी मेरो
कि अड्छ ढुकढुकी मेरो
नआऊ सामु यस्तरी...
नमान लाज यस्तरी...



Credits
Writer(s): A, N
Lyrics powered by www.musixmatch.com

Link