Sangai Jiune Sangai Marne

हे, हे-हे, हे, हे-हे
Hmm, hm-hm, hmm, hm-hm-hm

सँगै जिउने, सँगै मर्ने वाचा तिमी गर्छौ भने
Hmm, सँगै जिउने, सँगै मर्ने वाचा तिमी गर्छौ भने
जीवनका हर पल तिम्रो नाम लेखिदिन्छु
जीवनका हर पल तिम्रो नाम लेखिदिन्छु
सँगै जिउने, सँगै मर्ने वाचा तिमी गर्छौ भने

उकाली र ओरालीमा साथ तिमी दिन्छौ भने
माया बनी रमाउँछु है
सुस्केरा र सुसेलीमा सधैँ तिमी बस्छौ भने
छाया बनी पछ्याउँछु है

सँगै हाँस्ने, सँगै रुने कसम तिमी खान्छौ भने
जीवनका हर खुशी दुःखसँग साटिदिन्छु
जीवनका हर खुशी दुःखसँग साटिदिन्छु
सँगै जिउने, सँगै मर्ने वाचा तिमी गर्छौ भने

सपना र बिपनामा मसँगै हराउँछौ भने
कल्पनामा डुबिरन्छु है
ढुकढुकीमा समाएर सधैँ तिमी बस्छौ भने
सातै जुनी तिम्रै हुन्छु है

सँगै जिउने, सँगै मर्ने वाचा तिमी गर्छौ भने
जीवनका हर पल तिम्रो नाम लेखिदिन्छु
जीवनका हर पल तिम्रो नाम लेखिदिन्छु
सँगै जिउने, सँगै मर्ने वाचा तिमी गर्छौ भने



Credits
Writer(s): Shambhujeet Baskota
Lyrics powered by www.musixmatch.com

Link