Kasam Ta Khayeko

कसम त खाएको मैले यो जीवन तिमीसँगै बिताउँछु भनेर
बिताउँछु भनेर
वाचा गरेको थिएँ मैले तिम्रो सिउँदो रंगाउँछु भनेर
रंगाउँछु भनेर
तर कुन जुनीको कर्म मेरो मन त कसैको भइसकेछ
कसैको भइसकेछ
कसम त खाएको मैले यो जीवन तिमीसँगै बिताउँछु भनेर
बिताउँछु भनेर

माया त गर्छु भनेकै थिएँ तिमीसँग मात्र भनी
थाहै पाइँन कसरी छचल्कियो यो सम्हाल्नै नसकिई
सोचेको थिएँ तिम्रै सम्झनामा मात्र रमाउँछु भनी
आश्चर्य छु म कसरी तिमी ओझेलमा परेछौ
कसम त खाएको मैले यो जीवन तिमीसँगै बिताउँछु भनेर
बिताउँछु भनेर

ठानेको थिएँ तिम्रै तस्वीर हेरी यो जीवन बिताउँछु भनी
तिम्रै मायाको आडमा यो लामो यात्रा काट्नेछु भनी
फूल जस्तै बास्ना छरी तिम्रो जिन्दगी मगमगाउँछु भनेथें
तर जीवनको कुन परिस्थितिसँग सम्झौता गर्न पुगेछु

कसम त खाएको मैले यो जीवन तिमीसँगै बिताउँछु भनेर
बिताउँछु भनेर
वाचा गरेको थिएँ मैले तिम्रो सिउँदो रंगाउँछु भनेर
रंगाउँछु भनेर
तर कुन जुनीको कर्म मेरो मन त कसैको भइसकेछ
कसैको भइसकेछ
कसम त खाएको मैले यो जीवन तिमीसँगै बिताउँछु भनेर
बिताउँछु भनेर
बिताउँछु भनेर
बिताउँछु भनेर



Credits
Lyrics powered by www.musixmatch.com

Link